Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहको निर्देशनपछि फिर्ता भए मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी

बिहीबार, पुस १४, २०७९

काठमाडौँ– गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार बिहीबारसम्ममा नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय, नक्सालमा फिर्ता भएका हुन् ।

सुरक्षाकर्मी फिर्ता भएसँगै मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह–सचिव डा.भीष्मकुमार भूसालले सामाजिक सञ्जालमार्फत १९४ सुरक्षाकर्मी घरेलु सेवकबाट पुनः राष्ट्रसेवामा फिर्ता हुन पाएको बताएका छन् । उनले लेखेका छन्, ‘हुनेरहेछ त। राज्यको सेवाका लागि खटिनुपर्ने १९४ सुरक्षाकर्मी कसैको घरेलु सेवकबाट  पुनः राष्ट्रसेवामा फिर्ता हुन पाएका छन् ।’

मन्त्रालयले बुधबार (हिजो) दिएको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता भएका हुन् । मन्त्रालयले विज्ञप्तिमार्फत  बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न निर्देशन दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्