भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । मोदीकी सय वर्षीया आमा हिरावेनको शुक्रबार बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराएका थिए । प्रधानमन्त्रीले ट्विटरमार्फत मृत्युको पुष्टि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शानदार शताब्दीको ईश्वरका चरणमा विराम मैले सधैँ आमामा त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताप्रति प्रतिबद्ध जीवन समावेश छ।’
शानदार शताब्दी का ईश्वर चरणों में विराम... मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। pic.twitter.com/yE5xwRogJi
— Narendra Modi (@narendramodi) December 30, 2022