यस्तो छ प्रधानमन्त्री मोदीकी आमा हिरावेनको सङ्घर्षको कथा
काठमाडौँ– भारतीय शताब्दी महिला तथा प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिरावेनको शुक्रबार बिहान मृत्यु भएको छ । स्वास्थ्य बिग्रिएपछि हिरावेनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
सय वर्षको उमेर भए पनि निकै सक्रिय हिरावेन यो उमेरमा पनि उनी आफ्नो काम आफैँ सम्हाल्ने प्रयास गर्थिन् । जीवनमा थुप्रै उतारचढाव भोगेकी हिरावेनको संघर्षको कथा यस्तो छ ।
हिरावेनको लामो जीवनको रहस्य उनले दिएको संघर्ष थियो । प्रारम्भिक जीवनदेखि अहिलेसम्म हिरावेनको दिनचर्या निकै अनुशासित थियो।
प्रधानमन्त्री मोदी अझै पनि आमाबाट सिक्ने प्रयास गरिरहेको सुनाइरहन्छन् । हिरावेनको जन्म पालनपुरमा भएको थियो, बिहेपछि उनी वडनगर सरिन् । बिहे गर्दा हिरावेन १५–१६ वर्षकी मात्र थिइन् । घरको आर्थिक र पारिवारिक अवस्था कमजोर भएकाले उनले पढ्ने मौका पाइनन् । तर उनी आफ्ना छोराछोरीलाई पढाउन अरूको घरमा काम गर्न पनि राजी भइन् । उनले शुल्क तिर्न कसैसँग ऋण लिइनन् । हिरावेन आफ्ना सबै छोराछोरीलाई शिक्षित बनाउन चाहन्थिन्।
एक अन्तर्वार्तामा प्रधानमन्त्री मोदीका भाइ प्रह्लाद मोदीले हिरावेन आफैँले घरेलु उपचार गर्ने गरेको खुलाएका थिए । उनले हिरावेनलाई सबै प्रकारका घरेलु उपचार थाहा भएको बताएका थिए ।
वडनगरका साना बालबालिका र महिलाहरूको उपचार हिरावेनले नै गरिदिन्थिन् । धेरै महिलाले हिरावेनलाई आफ्नो समस्या अरूलाई नभनी बताउँथे । ‘मेरी आमा पक्कै पनि निरक्षर हुनुहुन्थ्यो तर सारा गाउँले उनलाई डाक्टर भन्थे’, प्रधानमन्त्रीका भाइ प्रह्लादले भनेका छन् ।
प्रह्लाद मोदीले भनेअनुसार उनकी आमा बिहान र बेलुका २ पटक इनारबाट पानी ल्याउँथिन् । पोखरीमा लुगा धुन जान्थिन् । धेरैजसो घरको खाना खान्थिन् । बाहिरकाे खानबाट जोगिन हरसम्भव प्रयास गर्थिन् ।
हिरावेनलाई आइसक्रिम असाध्यै मन पर्ने भएकाले कहिल्यै इन्कार नगरेको प्रह्लादले सुनाएका छन् । उनी सधैँ काममा व्यस्त हुन्थिन् । उनको दिनचर्या बिहान ४ बजे सुरु हुन्थ्यो। उनी पहिले घरको काम गर्थिन् । त्यसपछि अरूको घरमा काम गर्न जान्थिन् । बच्चा हुर्काउन निकै मिहिनेत गरिन् ।
हिरावेनले बाल्यकालमै आमा गुमाएकी थिइन् । सानै उमेरमा उनले आफ्नी आमालाई स्पेनिस फ्लुको महामारीबाट गुमाइन् । हिरावेनलाई आफ्नी आमाको अनुहार वा उनको काखको आराम पनि याद छैन। उनले आफ्नो पूरै बाल्यकाल आमाबिना बिताइन्।
हिरावेनले घरको सबै काम आफैँ मात्र नभई घरको थोरै आम्दानीका लागि अरूको घरमा काम गर्नेसमेत गरेकी थिइन् । कतिपय घरमा भाँडाकुँडा धुने र घरको खर्च धान्न समय निकालेर चरखा कात्ने कामसमेत हिरावेनले गर्ने गर्थिन् ।
भारतीय सञ्चार माध्यमको सहयोगमा