सुशान्तसिंह राजपुतको मृत्युको मुद्दा फेरि चर्चामा, भिडियो भाइरल
काठमाडाैँ– बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मुद्दा फेरि चर्चामा छ । हालै कपूर अस्पतालको शव गृहका कर्मचारी रुपकुमार शाहले सुशान्तको मृत्युमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा जस्टिस फर सुशान्त ट्रेन्डिङ हुन थालेको छ ।
यी सबै प्रश्नको बीचमा सुशान्तको अन्तिम भिडियो भाइरल भइरहेको छ, जसलाई देखेर फ्यान भावुक भएका छन् । यो भिडियोमा कलाकारको अवस्था देखेर मानिसहरूको आँखाबाट आँसु आयो ।
यो भिडियोमा सुशान्तको अवस्था निकै खराब देखिएको छ । उनी धेरै बिरामी र अन्योलमा देखिएका छन् । सुशान्तको यस्तो हालत देखेर फ्यानहरूको घाउ फेरि ताजा भएको छ ।
उनीहरूले सुशान्तका लागि न्यायको याचना गर्न थालेका छन् । यो भिडियोपछि अभिनेताकी बहिनी, सेलिब्रेटी र फ्यानले फेरि एक पटक यो केसको छानबिन गर्न आग्रह गर्न थालेका छन् ।
View this post on Instagram
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ ०८:५३
प्रतिक्रिया दिनुहोस्