Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘डिसेम्बर फल्स’ देशभर प्रर्दशनमा

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ– ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ सँग अन्य कुनै नेपाली फिल्म भिड्न नआएका कारण यसले एकल प्रदर्शनकाे अवसर पाएको छ । 


अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थिएटरका अलावा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्युएफएक्सले यो चलचित्रलाई देशभर २९ शो दिएको छ ।


प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन र उपासनाका अलावा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको अभिनय छ ।


रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असीम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्