Nic Ad Nic Ad
Nic Ad Nic Ad

तत्काल एमडिएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

शुक्रबार, पुस १५, २०७९

काठमाडाैँ- विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

 

 नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रधानमन्त्री कार्यालयबाट एमडिएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । 

 

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । 

 

नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामा ल्याउन दिन प्रधानमन्त्रीले निर्देशन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले सामाजिक सञ्जालमा चर्को विरोध गरेका थिए । उनीहरुले  ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् ।

 

उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्