Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशबाट ल्याउने मोबाइलमा सरकारले कर लगाएपछि आपत्ति

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ – विदेशबाट ल्याउने मोबाइलमा सरकारले कर लगाएपछि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आपत्ति जनाएको छ ।

 

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले विज्ञप्ति जारी गर्दै विदेशमा वर्षौँसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीहरूमाथिको निर्मम शोषण भएको बताएका छन् ।

 

नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीहरूले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकहरूको हितविपरीतको कार्य भएकाले नेपाल सरकारको यस निर्णयप्रति प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

विज्ञप्तिमा भनिएको छ, 'लाखौँ प्रवासी नेपालीहरूको विप्रेषण (रेमिटेन्स)ले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ । यस्तो महत्त्वपूर्ण सहयोगलाई नजरअन्दाज गरी प्रवासमा रहेका नेपालीहरूलाई शोषण गर्ने खालको ‘उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य’ गर्ने नेपाल सरकारको निर्णय पक्षपात पूर्ण एव‌ं अव्यावहारिक छ । अतः, यस्तो अव्यावहारिक र असंगत निर्णयलाई तत्काल खारेज गरी प्रवासी नेपालीहरूको हितमा काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।’

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्