सन् २०२२ मा विश्वका ९ रोचक घटना
काठमाडौँ– सन् २०२२ बिदा हुन लागेको छ । विश्वमा सन् २०२२ मा थुप्रै अभूतपूर्व घटना भए । ती सबै पृथ्वीमा मात्रै भएका होइनन् ।
‘गुणनमा कीर्तिमान’ देखि लिएर विगततर्फको गहन यात्राजस्ता ध्यान खिच्न सकेका केही उल्लेखनीय घटनाहरू सन् २०२२मा भएका छन् । ती मध्ये ९ रोचक घटना यस्ता छन् ।
१) नासाद्वारा क्षुद्रग्रहको मार्ग परिवर्तन
अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो । कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो ।
अन्ततः त्यो अभियान सफल भयो ।
२) मानव रगतमा भेटिए प्लास्टिकका सूक्ष्म कण
शरीरमा माइक्रोप्लास्टिक अर्थात् प्लास्टिका सूक्ष्म कण प्रवेश गर्दा के हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन । तर गत मार्चमा ‘इन्भाइरन्मन्ट इन्टनेशनल’ जर्नलमा प्रकाशित एउटा शोधमा परीक्षण गरिएका ८० प्रतिशत मानिसमा माइक्रोप्लास्टिकका कण भेटिएको उल्लेख छ ।
माइक्रोप्लास्टिक भनेको प्लास्टिकका सूक्ष्म कण हो जुन लम्बाइमा ५ मिलिमिटरभन्दा कम हुन्छ । माटोमा वा समुद्रमा मिल्काइएका प्लास्टिकका ठूला वस्तु समयक्रममा क्षयीकरण भएर ससाना कणमा परिणत भएर वातावरण प्रदूषित गर्छन् । शरीरमा तिनको असर स्पष्ट भएको छैन तर तिनले मानवकोषमा हानि पु¥याउन सक्ने नयाँ परिणाम चिन्ताजनक भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
३) कतारको अभूतपूर्व विश्वकप
विश्वकपको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको रूपमा फ्रान्सकी स्टेफनी फ्रापार्टले इतिहास रचेकी छन् । सन् २०२२ को कतार फिफा पुरुष विश्वकप प्रतियोगितामा धेरै अभूतपूर्व घटनाहरू भए । मुख्यतः कुनै अरब वा मुस्लिम देशले आयोजना गरेको यो पहिलो विश्वकप थियो ।
साथै समूह चरणका खेलमध्ये जर्मनी र कोस्टारिकाको खेल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीद्वारा सञ्चालन भयो । फ्रान्सकी स्टेफनी फ्रापार्टको नेतृत्वमा सबै महिला अम्पायर रहेको टोलीले उक्त खेल सञ्चालन ग¥यो ।
कुनै अफ्रिकी वा अरब राष्ट्रले गरेको सबभन्दा उत्कृष्ट प्रदर्शन पनि यसै पटक भयो । मोरक्को सेमिफाइनलसम्म पुग्यो ।
अनि लिओनेल मेस्सीले अन्ततः विश्वकपको पाँच पटकको प्रयास पश्चात् उपाधि जिते ।
४) आठ अर्बको जनसङ्ख्या
१२ वर्षको अन्तरालमा पृत्वीमा मानव जनसङ्ख्या ७ बाट ८ अर्ब पुगेको छ । १५ नोभेम्बर २०२२मा विश्वको जनसङ्ख्या अ८ अर्ब पुगेको हो ।
‘जनस्वास्थ्यको क्षेत्रमा भएका सुधार, पोषण, व्यक्तिगत सरसफाइ अनि औषधोपचारका कारण निरन्तर बढिरहेको मानिसको आयुले यो अभूतपूर्व वृद्धि सम्भव भयो । साथै केही देशमा निरन्तर उच्च प्रजनन दर कायम रहनाले पनि जनसङ्ख्या बढेको हो’, सङ्युत्तल राष्ट्रसङ्घले भनेको छ ।
विश्वको जनसङ्ख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको थियो भने अब अर्को एक अर्ब जनसङ्ख्या थपिन कम्तीमा १५ वर्ष लाग्नेछ । किनभने समग्रमा जन्मदर बिस्तारै घट्दो क्रममा छ ।
५)औलोविरुद्धको खोप
सेप्टेम्बरमा अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विश्वमै परिवर्तन ल्याउन सक्ने सम्भावनायुक्त औलोविरुद्धको खोप विकास गरिएको घोषणा गरेका छन् ।
अर्को वर्ष सर्वसाधारण मानिसहरूमा लगाइने अपेक्षा गरिएको उक्त खोप घातक औलो रोगविरुद्ध ८० प्रतिशत प्रभावकारी भएको परीक्षणहरूमा देखिएको छ । औलोका कारण प्रत्येक वर्ष ४ लाख मानिसको मृत्यु हुने गर्छ ।
वैज्ञानिकहरूले नयाँ खोप सस्तो भएको पनि बताएका छन् । विश्वमा बालमृत्युको सबभन्दा ठूलो कारणमध्ये औलो पनि एक हो । यो रोगको कारक परजीवी निकै जटिल प्रकृतिको हुने हुँदा त्यसका विरुद्ध खोप विकास गर्नु निकै कठिन थियो ।
औलोको परजीवीले शरीरभित्र आफ्नो स्वरूप परिवर्तन गरिरहने हुनाले त्यसका विरुद्ध प्रभावकारी प्रतिरोधी क्षमता विकास गर्नु गाह्रो भएको थियो ।
६) ओलिम्पिकमा लैङ्गिक इतिहास
अमेरिकी फिगर स्केटर टिमथी लडुक शीतकालीन ओलिम्पिक्समा भाग लिने पहिलो नन–बाइनरी अर्थात् गैर–द्विसाङिख्यक लैङ्गिक पहिचान भएका खेलाडी बनेका छन् । उक्त पहिचान भएका व्यक्तिले लैङ्गिक पहिचानलाई महिला वा पुरुष २ वटामा मात्र सीमित राख्न नहुने मान्यता राख्छ ।
सो खेल बेइजिङमा फेब्रेअरीमा भएको थियो । लडुकले कुनै पदक पाएनन् । युगल खेलमा उनी सातौँ भए तर उनले विश्वभरि प्रभाव चाहिँ पारे ।
७) टाढा टाढाका तारामण्डलहरूको समूह देखिए
सन् २०२२ मा जेम्स वेब टेलिस्कोपले निरन्तर समाचारको हेडलाइन बनाइरह्यो । जुलाईमा सञ्चालनमा आएदेखि सो टेलिस्कोपले ब्रह्माण्डका अद्भूत तस्बिरहरूले पठाइरहेको छ ।
तीमध्ये एउटा तस्बिर सुदूर ब्रह्माण्डमा अवस्थित १३ अर्ब वर्ष पुरानो व्ब्म्भ्क्–न्क्–शज्ञघ–ण् नामक तारामण्डलको थियो । त्यो भनेको ब्रह्माण्डको उत्पत्तिको समय ‘बिगब्याङ’ को प्रारम्भिक काल हो । तस्बिरमा एउटा मधुरो दागजस्तो देखिएको आकृति नै हालसम्म पुष्टि भएको सबभन्दा परको तारामण्डल हो ।
८) ब्रिटेनमा एशियाली मूलका नेता को प्रधानमन्त्री
सन् २०२२ मा ब्रिटेनले प्रधानमन्त्रीसम्बन्धी विभिन्न कीर्तिमान कायम ग¥यो । लिज ट्रसले जम्मा ४५ दिनको सबभन्दा छोटो कार्यकाल पूरा गरेर बिदा भइन् । उनको उत्तराधिकारीका रूपमा ऋषि सुनकले २५ अक्टोबरमा प्रधानमन्त्री पद सम्हाले । उक्त पदमा पुग्ने उनी पहिलो एशियाली मूलका अश्वेत व्यक्ति हुन् ।
९) बिना माइक्रोस्कोप ब्याक्टेरिया हेर्न सकियो
जुन महिनामा वैज्ञानिकहरूले संसारको सबभन्दा ठूलो आकारको ब्याक्टेरिया भेटिएको घोषणा गरे ।
मान्छेको परेला जत्रो ब्याक्टेरिया जुन नाङ्गै आँखाले देख्न सकिन्छ । थायोमार्गरिटा म्याग्निफिका नामक उक्त ब्याक्टेरियालाई हेर्न माइक्रोस्कोप पनि आवश्यक हुँदैन । सो ब्याक्टेरियाको आकार मानिसको परेला जत्रो छ ।
करिब १ सेन्टिमिटर लामो उक्त जीव हालसम्म पत्ता लागेको ठूलो ब्याक्टेरियाभन्दा ५० गुण ठूलो रहेको र त्यसलाई नाङ्गो आँखाले पनि देख्न सकिन्छ ।