राष्ट्रपति बन्न चाहन्थे पेले, यस्ता छन् १० राेचक तथ्य
काठमाडौँ- विश्व फुटबलका ‘सम्राट’ उपनामले परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा मृत्यु भएको छ । गत २३ अक्टोबरमा उनले आफ्नो अन्तिम जन्मदिन मनाएका थिए ।
उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । पेलेले सन् १९७७ मै खेल जीवनबाट संन्यास लिएका थिए । तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् ।
पेले ३ वटा विश्वकप जितेका कारण सबैभन्दा राम्ररी चिनिन्छन् । त्यस्तो अवसर पाउने उनीबाहेक अर्का कुनै पनि खेलाडी छैनन् । क्लब र देशका लागि खेलेका १,३६३ वटा खेलमा १,२८१ गोल गर्ने उनको अर्को विश्व कीर्तिमान छ ।
पेलेबारे धेरैले थाहा नपाएको १० तथ्य यस्ता छन्-
मैदान छाड्नुपरेको दिन
बोगोटामा १८ जुन, १९६८ मा पेलेको क्लब सान्टाेस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो । दर्शकहरूले भरिभराउ रंगशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने । रेड कार्डको चलन सन् १९७० बाट मात्र सुरु भएको थियो ।
रेफ्रीको उक्त निर्णयको विरोधमा सान्टाेसका खेलाडीहरूले उनलाई घेरे । दर्शकको भिडले पनि उक्त निर्णयको विरोध गर्यो ।
सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए । पेलेलाई तत्कालै खेलमा फकाईएको थियो ।
युद्ध नै रोकियो
सन् १९६० को दशकमा पेलेको क्लब सान्टाेस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये गनिन्थ्यो । संसारभरि उसले मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएको थियो ।
तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजिरियामा ४ फेब्रुअरी ४, १९६९ मा हुँदा सान्टाेसले स्थानीय टोलीलाई बेनिन सहरमा २–१ ले जितेको थियो ।
सान्टाेस क्लबको इतिहासको विवरण राख्ने एक व्यक्तिका भनाइमा ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा युद्धविराम घोषणा गरिएको थियो ।
पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । ‘त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन । तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए’, आत्मवृत्तान्तमा पेलेले लेखेका छन् ।
पेले र बिटल्सको कथा
पेले अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषासम्बन्धी स्कुलमा द बिटल ब्यान्डका जोन लेननले समेत जापानी भाषा सिकिरहेका थिए । सन् १९७५ मा पेले न्युयोर्क कसमसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लिग खेल्न न्युयोर्क पुगे ।
लेनन र बिटल्सका अन्य सदस्य सन् १९६६ मा इंग्ल्यान्डमा खेलिएको विश्वकपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए ।
पेलेले आफ्नो पुस्तकमा लेखेअनुसार जसलाई पुरातनवादी ब्राजिली फुटबल संघका निर्देशकहरूले रोकेका थिए ।
कहिल्यै युरोपेली क्लबबाट खेलेनन्
आलोचकहरू पेलेले कहिल्यै युरोपेली फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन् । अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो ।
सान्टाेस एफसी क्लबले रियल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो । त्यतिखेर आफू खेल्ने ठाउँमा खेलाडीको खासै चल्दैनथ्यो र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाब पनि थियो ।
सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ‘राष्ट्रिय सम्पत्ति’ भन्दै ‘निर्यात गर्न नसकिने’ बताएका थिए ।
५० वर्षको उमेरमा बल्ल कप्तान
सधैँ क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले आफ्नो खेल जीवनमा केवल एक पटक त्यो भूमिका निर्वाह गरेका छन् ।
त्यतिबेला उनी ५० वर्षका थिए । त्यो सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट संन्यास लिएको १९ वर्षपछि थियो ।
आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्रजिलविरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण उक्त खेलमा पेलेले ४५ मिनेट खेलेका थिए ।
पेलेको ‘अपहरण’
पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू सम्हालिनसक्नुका भए । मैदानमै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजयी जुलुस गरे ।
पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भएका थिए । सान्टाेस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् ५ सेप्टेम्बर १९७२ मा खेल्दा त्यति सन्तुष्ट थिएनन् ।
त्यहाँ आन्दोलन भएको र सडकमा ट्यांक देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए । उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए ।
तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए । मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले ।
उनलाई उद्धार गर्न असहज रूपमा केही मिनेट समय लाग्यो ।
जब ख्याति नै खोसिदिए
‘इस्केप टु भिक्ट्री’ले दोस्रो विश्वयुद्धताकाको नाजी–११ र बन्दीहरूको टोलीबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ । जब फिल्म इस्केप टु भिक्ट्रीको छायांकन सन् १९८० मा सुरु भयो, सल्भेस्टर स्टलोन फिल्म उद्योगमा चर्चित भइसकेका थिए ।
पेले त्यसमा अन्य विश्वकप जितेका खेलाडीहरूसहित थिए । एउटा दृश्यमा पेलेले आग्रह गरेको पहिलो पटकमै एक्रोबेटिक बाइसाइकल किक निसाना नचुक्ने गरी हानेका थिए ।
‘सुरुको पटकथामा स्टलोन अग्रपंक्तिमा र म गोलरक्षको भूमिकामा थियौँ,’ पेलेले भने । तर उनले जीवनभरि एउटा बल राम्ररी किक हान्न सकेनन् ।
राम्रा गोल रक्षक
‘इस्केप टु भिक्ट्री’मा गोलकिपरको अभिनय गरेका पेले वास्तवमै राम्रा गोल रक्षक थिए । एउटा खेलमा १ खेलाडी मात्र फेर्न पाउने अवस्थामा उनले क्लब र राष्ट्रिय टोलीका लागि गोल रक्षको उत्तरदायित्व पनि बहन गरेका छन् ।
सान्टाेस फुटबल क्लबका लागि उनी ४ पटक गोल रक्षक बने । त्यसमध्ये सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनल खेल पनि थियो । उक्त खेलमा उनको टोली विजयी भयो । पेलेले कुनै गोल खाएनन् ।
थुप्रै पेले
उनका प्रसंशकहरू ‘देअर इज वन्ली वन् पेले !’ गीत गाउँदा निकै रमाउँछन् । तर गीतमा भनिए झैँ वास्विकतामा एक जना मात्र पेले छन् भन्ने होइन ।
अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले ।
इंग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए ।
राष्ट्रपति बन्न चाहन्थे
पेले राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्राजिलका खेलकुदमन्त्री बने । सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को निर्वाचनमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए । तर, त्यो अवसर कहिल्यै आएन ।