इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स
इलाम–इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ । इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरेको हो । जिल्लाकै एक मात्र ५० शै्याको सरकारी अस्पतालमा स्थापना गरिएको हेल्प डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ । हेल्प डेक्सको इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णु कुमारी दाहालले संयुक्त रूपमा शुभारम्भ गरे ।
त्यस्तै इलाम नगरपालिका–३ को बाघखोर बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरको कार्यक्रम अन्तर्गत पालिकाले सेवा केन्द्र संचालनमा ल्याएको हो ।
सोही नगरपालिकाले समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएसँगै वडामा नै स्वास्थ केन्द्र स्थापना गरिएको नगरप्रमुख थापाले जानकारी दिए । अस्पतालबाट हुने आधारभूत स्वास्थ्य सेवाहरू अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट हुने उनको भनाइ छ ।