Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलिना जोशी र सुशान्त प्रधानको ‘ब्रेकअप’

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ– पूर्व मिस नेपाल मलिना जोशी र सुशान्त प्रधानको ‘ब्रेकअप’ भएको छ । लामो समय देखि प्रेममा रहेका उनीहरु चाडै नै विवाह गर्ने तयारीमा थिए । यो जोडीले थुप्रै अन्र्तवार्ता साथमा दिएका थिए । प्रधान जिम ट्रेनर, युबटुब भ्लगर र प्रोडकाष्टर हुन् । यो जोडीले प्रेममा रहँदा एक अर्कासँगको फोटो, भिडियो सामाजिक सञ्जालमा राखेर प्रेममा रहेको कुरा स्वीकार गरेका थिए ।


अहिले ब्रेकअप पछि दुबैले आ–आफ्नो सामाजिक सञ्जाल र वालबाट फोटो, भिडियो हटाएका छन् । जोशीले एक अन्र्तवार्ताको क्रममा बताएकी छन, ‘कहिलेकाही समय बित्दै जाँदा धेरै कुराहरु थाहा हुन्छ । धेरै कुरा फरक देखिन्छ । कतिपय कुरा मिल्दैन एक अर्कासँग । म उसलाई शुभकामना दिन्छु कि उसको १०० वटा जीम बनोस्, उसको युबटुब भिडियो धेरै पपुलर होस् ।’

 

उनले आफु अहिले जीम पनि नगएको बताएकी छिन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्