बिच भलिबलमा नेपाली पुरुष टोली उपविजेता
काठमाडौँ–बंगलादेशमा भएको काभा बिच भलिबल प्रतियोगितामा नेपाली पुरुष टोली उपविजेता बनेको छ । शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
बंगलादेशको कक्स बजारमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाललाई माल्दिभ्सले २१–१३ र २१–१९ ले हराएको हो । यसअघि नेपालको महिला बिच भलिबल टोली दोस्रो भएको थियो । नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी उपविजेता बनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १७:१७
प्रतिक्रिया दिनुहोस्