Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

शनिबार, पुस १६, २०७९

सङ्खुवासभा–सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरको वद्युत उत्पादन सुरु भएको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा चार दशमलव ७२ मेगावाट विद्युत उत्पादन सुरु भएको हो ।

करिब १ अर्ब ३१ करोड रुपैया लगानीमा हाइड्रोपावर निर्माण भएको भएको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 


हाइड्रोपावर सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले ६ वर्ष लगाएर हाइड्रोपावर सम्पन्न भएको जानकारी दिए । ‘स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ’, उनले भने ।  इन्जिनियर विकल थापाले जलविद्युत् आयोजनाको ५ दशमलव २ मेगावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्