Nic Ad Nic Ad
Nic Ad Nic Ad

सङ्क्रमण बढेपछि जमुनाह नाकामा कडाइ

शनिबार, पुस १६, २०७९

बाँके– कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगन्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी १ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगन्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।  


कोरोना सङ्क्रमण कम भएपछि गत १ असोजदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बताए । अहिले नेपालगन्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।


भारतको सिमलाबाट नेपाल फर्किंदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी १ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालगन्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्