Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० शय्याकाे आधारभूत अस्पताल सञ्चालन

शनिबार, पुस १६, २०७९

गोरखा–गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शै्यको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा –६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।


पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रूपमा स्वास्थ्योपचार सेवा पु¥याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।


आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सीलगायतका सेवा उपलब्ध छ । त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रमसमेत तत्काल विस्तार गर्ने योजना रहेको अस्पतालले जनाएको छ । अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्टलगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।


गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्