Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दिप र सन्जुले ल्याए ‘ल्होछार खजी’

शनिबार, पुस १६, २०७९

काठमाडौँ–गायक सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको म्हेन्दोमाया गीत ‘ल्होछार खजी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्जु लामा अफिसियल युट्युब च्यानलले भिडियोलाई बजारमा ल्याएको हो ।


गीतमा सन्दिप र सन्जुको स्वर रहेको  छ। शब्द उनै गायक स्यान्चेनको छ भने लय र संगीत संयोजन राजु खड्काले गरेका हुन् । स्याम्चेन म्हेन्दोमाया कलाकार संघ धादिङका संस्थापक अध्यक्षसमेत हुन् ।


निर्देशक तथा कोरियोग्राफर एम. बि. गुरुङ, सन्जु लामा, माया थोकर र धादिङ प्रताप सिंह तामाङ अभिनित भिडियोलाई सुराज गोम्जाले छायांकन गरेका हुन् । यस्तै भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।


गीतमा तामाङ समुदायका कला, संस्कृति, भाषालगायत तामाङ रीतिरिवाजलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिइएको छ । सोनाम ल्होछार नजिकिएसँगै तामाङ कलाकारहरुले ल्होछार सम्बन्धि म्युजिक भिडियोहरु बजार ल्याएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्