नेभिगेशन
सुरक्षा–अपराध

६ महिनामा १५५ फरार अभियुक्त पक्राउ

काठमाडाैँ- जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १५५ जनालाई पक्राउ गरेको छ । 


काठमाडौँ प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १५५ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिमानाको फैसला सुनाएकामा फरार रहेका १५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । 

 

पक्राउ परेकालाई अदालतले २९ वर्ष ५ महिना ६ दिन कैद र २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ जरिमाना असुल गरेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ