अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी
काठमाडौँ–सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको बताए ।
बाह्य पर्यटकहरूको सङ्ख्या नेपालमा बढदै गएकाले पनि ती देशहरूमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाई छ । उनले भने, ‘अमेरिका, स्वीजरल्याण्ड र रुवान्डासँग एयर सर्भिस एग्रिमेन्टको प्रक्रिया अगाडि बढेको छ ।’
कार्यक्रममा बनेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुर्गम क्षेत्रमा उडान भर्ने वायु सेवा कम्पनीहरूलाई आर्थिक राहत पु¥याउन अतिरिक्त समय सञ्चालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए ।
उनले दुर्गम क्षेत्र हवाई कोष सञ्चालन कार्यविधिको मस्यौंदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरूको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताए ।
दुर्गम क्षेत्रमा विभिन्न वायु सेवा कम्पनीले नियमित रूपमा सहुलियत भाडादरमा हवाई सेवा प्रदान गर्न हुन आउने सञ्चालन घाटा परिपूर्ति गर्ने उद्देश्यले व्यवस्था गरिएको दुर्गम क्षेत्र हवाई कोषको सञ्चालन सम्बन्धि कार्यविधिको मस्यौंदा तर्जुको क्रममा रहेको छ ।
नेपालगन्ज विमानस्थलबाट दुर्गम क्षेत्रमा यात्रा गर्दा हवाई यात्रुले सधैं महंगो भाडा तिरी चार्टर उडानमा यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा हाल वायु सेवा कम्पनीहरूलाई वायु यानको सङ्ख्याका आधारमा ९५ प्रतिशत सेड्युल उडान गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ भने बाँकी ५ प्रतिशत कार्गो उडानलाई चार्टर उडानको रूपमा यात्रुको नियमित उडान भएपश्चात मात्र गर्ने व्यवस्था लागू गरिएको छ ।