वित्तीय साक्षरताको अभावमा लघुवित्तको कर्जा सही ठाउँमा सदुपयोग हुन सकेन– अध्यक्ष शर्मा
बरेङ, बागलुङ– जिल्लाको बरेङ गाउँपालीकाका अध्यक्ष कृष्णप्रसाद शर्माले वित्तीय साक्षरताको अभावले लघुवित्तको कर्जा सहि ठाउँमा सदुपयोग हुननसकेको बताएका छन ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बरेङको आयोजनामा शुक्रबार बरेङ बजारमा सम्पन्न केन्द्र प्रमुख उपप्रमुख गोष्ठि तथा वित्तीय साक्षरता विषयक अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सो कुरा बताएका छन । शर्माले लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिला दिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भरता तर्फ अगाडि बढाएको भएता पनि पछिल्लो समयमा कार्यक्रममा समस्या आईरहेको भन्ने आफुले सुनेको बताए । उनले ग्रामीण भेगका महिला दिदिबहीनीहरुलाई कर्जा लिएर कसरी सदुपयोग गर्ने भन्ने राम्रो ज्ञान नहुँदा कर्जाको दुरुपयोग हुन जाने भएकाले संस्थाहरुले कर्जासंगै कर्जा सदुपयोगिताको बारेमा शिक्षा उपलब्ध गराउनु पर्ने धारणा राखेका थिए ।
उनले विनाधितो सामुहीकजमानीमा ग्रामीण भेगका महिला दिदिबहीनीहरुलाई विश्वास गरेर कर्जा प्रवाह गर्ने एक मात्र कार्यक्रम लघुवित्त रहेकाले यसबाट लिएको कर्जा सहि सदुपयोग गर्न दिदिबहीनीहरुलाई आग्रहसमेत गरेका थिए ।
कार्यक्रममा बरेङ गाउँपालीकाका वडा नं. १ का अध्यक्ष नरसिंह पुन, वडा नं. २ का अध्यक्ष हिरावहादुर घर्ति, कालीगण्डकी गा.पा. वडा नं. ७ का अध्यक्ष घनश्याम थापा, ईलाकाप्रहरी कार्यालय बरेङका प्रमुखदानबहादुर के.सीलगाएतले मन्तव्य राखेका थिए
संस्थाको शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख, उपप्रमुख र सदस्यहरु गरी करीब ३ सय जनाको उपस्थिती रहेको कार्यक्रममा शाखा स्तरमा ८० वटा केन्द्र मध्ये वार्षिक केन्द्र मुल्याङ्कनका आधारमा प्रथम हुने तारा ज्योति आत्मनिर्भर महिला केन्द्र, द्धितीय हुने मिलीजुली आत्मनिर्भर महिला केन्द्र र तृतीय हुने सुनगाभा आत्मनिर्भर महिला केन्द्रलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो ।