यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७८ पैसा र बिक्री दर १४१ रूपैयाँ ४२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९१ पैसा र बिक्री दर १५९ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९८ पैसा र विक्रीदर ३० रूपैयाँ १२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्री दर ३५ रूपैयाँ २७ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ ०६:१९
प्रतिक्रिया दिनुहोस्