Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ वर्ष मनाइ रहँदा भारतमा भूकम्प

आइतबार, पुस १७, २०७९

काठमाडौँ – भारतमा भूकम्पको धक्का महशुस गरिएको छ । भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो । 

 

नयाँ वर्षलाई स्वागत गर्न हर्षित भएका दिल्ली र आसपासका जनताको खुसी ३.८ रेक्टरस्केलको भूकम्पले धर्ती हल्लिएपछि चकनाचुर भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पबाट मानवीय वा धनजनको क्षतिको जानकारी दिएको छैन ।

 

रोहतक–झज्जर हुँदै महेन्द्रगढ–देहरादुन फल्ट लाइन नजिक भूकम्प गइरहन्छ ।  जसमा राष्ट्रिय भूकम्प मापन केन्द्रको पनि प्रत्यक्ष नजर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०६:४२
प्रतिक्रिया दिनुहोस्