Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्य सोलु जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

आइतबार, पुस १७, २०७९

सोलुखुम्बु–सोलुखोलाको मध्य सोलुखोला जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ ।


२५ मङ्सिरबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रबारदेखि व्यावसायिक उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादनका लागि आयोजनालाई मौखिक स्वीकृति दिए पनि पत्र भने सोमबार प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवम् प्लान्ट इञ्चार्ज अनिश खड्काले जानकारी दिए । 


आयोजनाले अहिले ५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद समयमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने जलविद्युत लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।


असोज २०७७ सालदेखि निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ । २ वर्षमै निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्