Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूधको मूल्य बढाइएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

आइतबार, पुस १७, २०७९

काठमाडौँ–सीमित डेरी उद्योगी व्यवसायीले दूधको मूल्य बढाएका छन् । शनिबारबाट लागू हुने गरी प्रतिलिटर १४ रुपैयाँ र प्रतिपोका ७ रुपैयाँले मूल्य बढाएको भन्दै डेरी एशोसिएसन महासङ्घले विरोध गरेको छ । 


बजार मूल्य बढ्दा दूधको मूल्य बढ्नु पर्ने भएपनि सरोकारवाला निकायसँग छलफल बिना मूल्य तोकिएको प्रति महासङ्घको आपत्ति रहेको महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।


गत माघमा दूधको मूल्य प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ८६ रुपैयाँ गरिएको १ वर्ष पनि नपुग्दै प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । यस विषयमा सरकारी निकाय भने चुप बसेको महासङ्घको आरोप छ ।


सरकारी निकाय, उद्योगी व्यवसायी, कृषक, सबै सरोकारवाला निकाय र विज्ञहरूको छलफलपछि दूधको मूल्य लागत बढेअनुसार मूल्य बढाउनु पर्नेमा एकलौटी रूपमा बढाइएको हुँदा डेरी एशोसिएसनले समर्थन नगरेको उनले बताए । दूध अत्यावश्यक वस्तु भएका कारण सबै सरोकारवालासँग छलफल गरेर मात्र मूल्य बढाउनु पर्ने महासङ्घले जनाएको छ ।


दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको दूधको मूल्य डेरी उद्योगीहरूले १६ पुसदेखि लागु हुने गरी प्रतिलिटर १४ रुपैया बढाउँदा आम उपभोक्तालाई ठूलो आर्थिक भर पर्ने हुँदा दूधको मनपरी मूल्य बढाउने डेरी उद्योगलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिइएको समेत उनको भनाइ छ । 


गैरकानुनी तरिकाबाट दूधको मूल्य बढाएकोमा डेरी एशोसिएशन लगायतका डेरी उद्योगी माथि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दिएका छन् ।


मञ्चले १ वर्ष नपुग्दै कुनै पनि सरोकारवाला निकायसँग छलफल नगरी सीमित उद्योगीको स्वार्थमा दूधको मूल्य बढाएको भन्दै कारबाहीका लागि शनिबार उजुरी दिएको हो ।


उजुरीमा कम्तिमा पनि २ वर्ष मूल्यवृद्धि गर्न नपाउने नियम निजी क्षेत्रले उल्लंघन गरेको समेत जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्