नेपाल टी २० लिगमा जनकपुर पराजित
काठमाडौँ–काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले परातिज गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौँले ६ विकेटको क्षतिमा एक सय ८० रनको योगफल खडा गरेको थियो ।
दोस्रो इनिङमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । जकपुरका लागि शारफुद्दिन असरफले ३७ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
जितसँगै ५ खेलबाट ६ अंक जोडेको काठमाडौं लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जनकपुर ६ खेलबाट आठ अंकसहित दोस्रो स्थानमा छ ।
आइतबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किङ्ग्स भिड्दै छन् ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १३:२७
प्रतिक्रिया दिनुहोस्