Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्धिचाल संघको निर्वाचन ३ र ४ चैतमा

आइतबार, पुस १७, २०७९

काठमाडौँ–नेपाल बुद्धिचाल संघको निर्वाचन ३  र चैत गते काठमाडौँ हुने भएको छ ।


राष्ट्रिय खेलकुद परिषदले गत साता गठन गरेको तदर्थ समितिको बैठकले स्थानीय तह, जिल्ला र प्रदेश हुँदै चैत पहिलो साता केन्द्रीय साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।


तदर्थ समितिका उपाध्यक्ष हेराकाजी महर्जनका अनुसार शनिबार बसेको बैठकले बुद्धिचाल संघको सन्जाललाई २९ जिल्लाबाट विस्तार गरी ५१ जिल्लासम्म पु¥याइने निर्णय भएको छ । 


डोटी, दैलेख, सुर्खेत , हुम्ला, सल्यान, पश्चिम रुकुम, प्युठान, बाँके, बर्दिया, स्याङ्जा , लमजुङ, रामेछाप, सिन्धुपाल्चोक, चित्तवन, सिरहा, बारा, सर्लाही, रौतहट, ताप्लेजुङ, तेह्रथुम, उदयपुरमा संघको सन्जाल विस्तार गरिनेछ ।

 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्