प्रभु बैंकको मोबाइल बैंकिङ सेवालाई सहज बनाउन ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा
काठमाडौँ– प्रभु बैंक लिमिटेडले आप्mना ग्राहकहरुलाइ सरल, सहजर सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यल डिजी प्रभु(Digi Prabhu) नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।
साविकमा सञ्चालन गरिरहेका प्रभु मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ्ग सुविधा सहित यो सुविधा योजना ल्याएको हो ।
बैंकले पुसु १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी प्रभुमार्फत् प्रभु बैंक लि. का ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन ।
उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक/अपडेटगरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्लेस्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्नसक्नेछन ।
उपरोक्त बैंकिङ्ग सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्गमार्फत कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्नुहुनेछ ।
डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज रुपा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवामा थपसुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।
ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाट बचत तथा मुद्दती खाता खोल्न सकिने, विना कुनै झञ्झट फोनलोन सेवाको उपभोग गर्न सकिने जस्ता सुविधाहरु पनि आफ्ना ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आईरहेको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटिएम, ६३ वटा एक्स्टेन्सन काउण्टर तथा ७०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।