Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छः महासचिव पोखरेल

आइतबार, पुस १७, २०७९

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बताए।

 

“स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ”, उनले सञ्चारकर्मीहरूसँग भने, “छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु  ।”

 

केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।  

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्