Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

आइतबार, पुस १७, २०७९

भक्तपुर– जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ ।

 

मध्यपुर थिमि नगरपालिका–४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन् । 

 

हिँड्डुल गर्न, बस्न बोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन् । अशक्तहरूलाई घरदैलोमा नै सेवा उपलब्ध गराउने सरकारी नीतिअनुरुप सुप्रियालाई घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताइन् । ‘सेवाग्राहीले सहज र सरल तरिकाले सेवा पाउनुपर्छ भन्ने सरकारी नीति हो । सोही अनुरुप अशक्त असह्यलाई घरदैलोमा सेवा प्रदान गर्दै आएका छौँ’, उनले भनिन् । 

 

नागरिकता प्रदान गर्न प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रशासकीय अधिकृत उर्मिला खतिवडा, नागरिकता फाँटका नायब सुब्बा विमल काफ्लेको टोली सुप्रियाको घर पुगेका थिए । सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्रशासनको कार्यको प्रशंसा गर्दै जनतालाई सहज र सरल रुपमा सेवासुविधा उपलब्ध गराउन नगरपालिका पनि प्रतिबद्ध रहेको बताए । –रासस

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्