यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३६ पैसा र बिक्री दर १४२ रूपैयाँ ०० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७६ पैसा र बिक्री दर १६० रूपैयाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९८ पैसा र विक्रीदर ३० रूपैयाँ १२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्री दर ३५ रूपैयाँ ३० पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्