Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेडमीले २ सय मेगाफिक्सल क्यामेरा भएको फाइभ जि फोन ल्याउँदै

सोमबार, पुस १८, २०७९

काठमाडौँ – अहिले हामी स्मार्ट दुनियामा छौँ । स्मार्ट दुनिया बनाउन स्मार्ट फोनहरुको त्यतिकै हात छ । किन्न सस्तो, सहज उपलब्ध हुने हुँदा स्मार्ट फोन जो कोहीले बोक्न मिल्ने फोन भएको छ । 


सन २०२३ को सुरुवातमा स्मार्ट फोनको ब्राण्ड साओमीले आफ्नो नयाँ फाइभ जी फोन रेडमी नोट १२ प्रो (फाइभ जी) लन्च गर्न लागेको छ । २ सय मेगाफिक्सलको क्यामरासहित आउन लागेको उक्त फोन जनवरी ५ मा भारतमा लन्च हुने छ । 

 

कम्पनीका अनुसार फोनमा २०० मेगापिक्सेलको क्यामेरा र १२० वाटको फास्ट चार्जिङ हुनेछ । यो फोन हालै रेडमी नोट १२ प्रो स्पीड एडिसन नामबाट घरेलु बजार चीनमा  लन्च गरिएको छ। 


रेडमी नोट १२ प्रो फाइभ जी फोनमा ६ जीबी र्यामसहितको १२८ जीबी रोम भएको भेरियन्टको मूल्य १ हजार ६९९ चिनियाँ युआन अर्थात् करिब २० हजार भारतीय रुपैयाँ राखिएको छ । साओमीले आफ्नो नयाँ फोन भारतमा २० हजार रुपैयाँ भन्दा कमको प्रारम्भिक मूल्यमा ल्याउन लागेको हो । हालसम्म शिमर ग्रीन, टाइम ब्लू र मिडनाइट ब्ल्याक कलर सहित यो फोन भारतमा लन्च हुन लागेको हो । 
 
के छन् विशेषता ?

रेडमी नोट १२ प्रो फाइभ जी का केही सुविधाहरू अनलाइन बजारमा सार्वजनिक गरिएको छ । कम्पनीले पोस्टर पनि सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको पोस्टरका अनुसार फोनमा २०० मेगापिक्सेलको क्यामेरा र १२० वाटको फास्ट चार्जिङ ब्याट्री हुनेछ । एकै समयमा, फोनमा १२० हर्ट्ज रिफ्रेस रेट भएको डिस्प्ले उपलब्ध हुनेछ।

 

फोनको क्यामेरा सेटअपको बारेमा कुरा गर्दा, यसमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध हुनेछ, जसमा २ सय  मेगापिक्सेल प्राइमरी क्यामेराको साथ अप्टिकल इमेज स्टेबिलाइजेसनलाई सपोर्ट गर्न सकिन्छ। ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा पनि फोनमा पाउन सकिन्छ ।

 

एकै समयमा, सेल्फी र भिडियो कलको लागि फोनमा ज्ञट–मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । यसमा ५ हजार एमएएचको ब्याट्री र १२० वाटको फास्ट चार्जिङ समावेश छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्