विश्वको सबैभन्दा ठुलो रेलवे स्टेसन
काठमाडौँ– रेलहरूमा यात्रा सधैँ सुरक्षित र भरपर्दो मानिन्छ। यसले यात्रामा लाग्ने समय पनि घटाउँछ। यदि मानव सभ्यताको विकासलाई गति दिने आविष्कारहरूको सूची तयार गरियो भने, रेलहरू निश्चित रूपमा यसमा समावेश हुनेछन् । रेलहरू चल्न र रोक्नको लागि बिचमा स्टेसनहरू बनाइन्छ ।
के तपाईँलाई थाहा छ विश्वको सबै भन्दा ठुलो रेलवे स्टेसन कहाँ छ ? यसको उत्तर हो, यो अमेरिकामा छ । न्यु योर्क सहरको ग्रान्ड सेन्ट्रल टर्मिनलको नाममा विश्वकै ठुलो रेलवे स्टेसनको नाम रेकर्ड गरिएको छ, । यो स्टेसन सन् १९०१ देखि १९०३ को अवधिमा बनेको थियो। यसलाई पेन्सिलभेनियाको रेलरोड स्टेसन सँग प्रतिस्पर्धा गर्नको लागी डिजाइन गरिएको थियो।
यस स्टेशनमा लगभग ४४ प्लेटफर्महरू छन्। यो स्टेसन बनाउन १० हजार मानिसले एकसाथ काम गरेका थिए । यस स्टेशनको काम सन् १९१३ मा सम्पन्न भएको थियो । यो स्टेसन यसको आकारको कारणले मात्र होइन यसको वास्तुकला र डिजाइनको लागि पनि परिचित छ। ग्राण्ड सेन्ट्रल टर्मिनलमा धेरै फिल्मको पनि छायाङ्कन गरिएको छ ।