Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली व्यवसायी पोखरिया र श्रेष्ठकाे हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा

सोमबार, पुस १८, २०७९

काठमाडौँ – वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएका देशहरुमध्ये कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भए पनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्येक गल्ली–गल्ली र चोक–चोकमा नेपालीहरु भेट्न सकिन्छ । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसँगै व्यापार व्यवसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ । 

 

नयाँ वर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली व्यवसायीहरु पूर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।

 

अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने  संचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको छ । 

 

कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए । गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल व्यवसायी मानिन्छन ।

 

कतारको अल अस्मख मलमा सैलुन हरमोसा ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उदघाटनको अवसरमा ४०५ छुटको ब्यवस्था रहेकाले उपस्थितिको लागी आग्रह गरे   ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्