Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाडो बढेपछि महोत्तरीका २ पालिकाका विद्यालयमा बिदा

सोमबार, पुस १८, २०७९

महोत्तरी –बाक्लो हुस्सु र शीतलहरले बालबालिका विद्यालयसम्म आउन नसक्ने भएपछि महोत्तरीका २ पालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा दिएको छ । रामगोपालपुर र मनरासिस्वा नगरपालिकाको कार्यालयले आइतबारदेखि शुक्रबारसम्म सामुदायिक विद्यालयमा बिदा दिएको हो ।

 

मनरासिसवाका २६ सामुदायिक विद्यालयमा १२ हजार र रामगोपालपुर नगरपालिकाका १८ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी छन् । चिसो बढेपछि दुबै नगरपालिकाका करिब २२ हजार स्कुले विद्यार्थी बिरामी पर्न थालेपछि बिदा दिनुपरेको दुबै नगरपालिकाको कार्यालयले जनाएको छ ।

 

मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेले विद्यालय शिक्षक एवं प्रधानाध्यापकको परामर्शमा खर्च हुन बाँकी रहेको बिदाबाट कट्टा हुने गरी ६ दिन जाडो बिदा दिइएको बताए । रामगोपालपुरका प्रमुख रामदुलार साहले पनि मौसमी प्रतिकूलता, विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि प्रधानाध्यापक र स्वास्थ्यकर्मीको परामर्शमा बिदा दिइएको बताए ।

 

यता शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका एकाइ प्रमुख भरतबाबु सुवेदीका अनुसार महोत्तरीका १५ स्थानीय तहका ३२३ सामुदायिक विद्यालय भए पनि यी २ पालिकाबाहेक अन्य पालिकामा पठनपाठन नियमित रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्