Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्डरग्राउन्ड पार्किङ नबनाउन महानगरलाई अकुपाई टुँडिखेलको आग्रह

सोमबार, पुस १८, २०७९

काठमाडौँ– अकपाई टुँडिखेल अभियानले टुँडिखेलमा काठमाडौँ महानगरले निर्माण गर्न लागेको अन्डरग्राउन्ड पार्किङ भवनको विरोध गरेको छ ।

 

 

महानगरले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ भवन निर्माण गर्न लागेको भन्दै अभियानले सोमबार महानगरको गेट अगाडि विरोध प्रदर्शन गरेको हो ।

 

टुँडिखेल खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माण गर्न डिपिआर तयार गर्ने महानगरको निर्णयप्रति अभियानले ध्यानाकर्षण भएको जनाएको छ ।

 

महानगरभित्र पार्किङ व्यवस्थापनका लागि बेस्मेन्टहरूलाई खाली गर्ने अभियान चलिरहेको अवस्थामा महानगरले टुँडिखेलमा पार्किङ स्थल बनाउनु खोज्नु गलत भएको अभियानले भनेको छ ।

 

टुँडिखेलको विकल्पमा अन्य स्थलमा पार्किङ निर्माण नगरी टुँडिखेलमा नै पार्किङ निर्माण गरेकोप्रति अभियानले आपत्ति जनाएको छ । विकल्प हुँदाहुँदै प्राकृतिक रिचार्ज क्षेत्रलाई महानगरले निवास बनाउन खोजेको र जनताको करलाई अनाहकमा खर्च गर्न खोजेको अभियानले दाबी गरेको छ ।

 

खुला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र टुँडिखेलको पूर्ण स्वतन्त्रताका लागि २३ कात्तिक २०७६ देखि अकपाई टुँडिखेल अभियान चल्दै आएको छ ।

 

यसैबीच अकुपाई टुँडिखेल अभियानले टुँडिखेलको प्राकृतिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक महत्व रहेको तथा विपद पर्दा नागरिकको प्रत्यक्ष आश्रय स्थल, जनताको भावनात्मक सम्बन्ध बोकेको सार्वजनिक अमूल्य सम्पत्तिमा अन्डरग्राउन्ड पार्किङ भवन नबनाउन आग्रह गर्दै महानगरपालिका उपप्रमुख सुनिता डङ्गोललाई ज्ञापनपत्र बुझाएको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्