अधिवक्ता तह लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ– ३० औँ अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले गत भदौमा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो ।
मौखिक परीक्षा आगामी माघ १३ गते शुक्रबार र १४ गते शनिबार हुनेछ । मौखिक परीक्षामा सहभागी हुन अनिवार्य रुपमा शैक्षिक प्रमाणपत्र ल्याउनुपर्ने परिषद्ले जनाएको छ । काठमाडौं बाहिरका परीक्षार्थीहरुको मौखिक परीक्षा सम्बन्धित स्थानका उच्च अदालत बार एसोसियसनमा र काठमाडौं केन्द्रका परीक्षार्थीहरुको काउन्सिलको भवन कुपण्डोलमा हुनेछ । परिक्षाफल नेपाल वार परिषद्को वेवसाइटमा हेर्न सकिन्छ ।
अनुत्तिण हुने परीक्षार्थीहरुले आगामी माघ २ गतेभित्र तोकिएको दस्तुर तिरेर पुर्नयोग गर्न सकिने परिषद्ले जनाएको छ ।
लिखित परीक्षाको नतिजा यस्ताे छ–
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १८:२५
प्रतिक्रिया दिनुहोस्