राष्ट्र बैंकले दियो प्रभु र सेन्चुरीलाई मर्जरको अन्तिम स्वीकृति
काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् ।
हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १९:४८
प्रतिक्रिया दिनुहोस्