आरआर क्याम्पसमा हिंसात्मक गतिविधि गर्ने ३ विद्यार्थी निष्कासित
काठमाडौँ– काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा हिंसात्मक गतिविधि गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन् ।
सोमबार रत्नराज्य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै पढाई भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई निष्कासन गरेको हो ।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न विद्यार्थी कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई यस क्याम्पसबाट निष्कासन गरिएको र अन्य दोषीहरुलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं।’
कक्षा सञ्चालन भइरहेको समयमा क्याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातावरणमा खलल पुर्याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए ।
गत पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो ।
यस्ताे छ विज्ञप्ति–