नेभिगेशन
सुरक्षा–अपराध

कुर्मी मृत्यु प्रकरणबारे प्रतिवेदन पेस गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

 

गृहमन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

 

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् । 

 

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह गरेका छन् ।

 

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ