अभियान्ताका नाममा गुण्डागर्दी गरिएको घटनाप्रति मञ्चद्वारा खेद व्यक्त
काठमाडौँ– प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले अभियान्ताका नाममा गुण्डागर्दी गरिएको घटनाप्रति खेद व्यक्त गरेको छ ।
साेमबार एक विज्ञप्ती जारी गर्दै केहि दिनदेखी आफुहरुलाई अभियन्ताको नाम दिइ गुण्डागर्दी गर्ने एउटा समूह सक्रिय रहेको भन्दै मञ्चले आपत्ति जनाएको हो ।
अनधिकृत युवटुबरहरुले नवगठित सरकारको सहयोगी हौ भनि गुण्डागर्दी गरी कानुन हातमा लिएर व्यवसायीको कार्यालयमा उपस्थिति भइ व्यावसायीमाथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने, धम्की दिने गैरकानुनी कार्य गरिरहेकोमा उक्त कार्य प्रति खेद जनाउदै त्यस्ता तत्वलाइ कानुनी दायरमा ल्याइ कारबाही गर्न सरकारसमक्ष मञ्चले आग्रह गरेको छ ।
‘वर्तमान बेरोजगारी अबस्थालाइ अल्पकालीन समयमा समाधान गर्न यस क्षेत्रले पुर्याएको योगदानलाइ गिजोल्ने, व्यवसायीमाथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने यस्ता तत्वलाइ पहिचान गरि कानुनी दायरामा ल्यौन माग गर्दछौँ ।' मञ्चले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'वैदेशिक रोजगारमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुलाइ समस्या परेमा समन्धित ब्याबसायी कम्पनी,संघ र बिभागमा समक्ष राख्न अनुरोध गर्दछौँ ।'