यी सजिला योगासनले घटाउँछ थकान र तनाव
काठमाडौँ – योग अभ्यास गर्ने बानीले तपाईँलाई धेरै प्रकारका रोगहरूको जोखिमबाट जोगाउन मद्दत गर्ने गर्छ । यति मात्र होइन यसले शरीरलाई स्फूर्ति दिन र काम गर्नका लागि पर्याप्त ऊर्जा समेत प्राप्त गर्न मद्दत गर्दछ।
दैनिक योग गर्ने व्यक्ति मानसिक स्वास्थ्य रहनुका साथै कार्यक्षमतामा पनि अरू भन्दा अगाडि भएको पाइन्छ । योगासन हरेकको समग्र स्वास्थ्य र विकासको लागि उपयोगी छ । आज घरमा छोटो समयमा आरामसँग गर्न सकिने कही योग आसनको बारेमा यहाँ कुरा गर्दै छौँ ।
दैनिक कामका कारण व्यायाममा जान नसके पनि योगासनलाई आफ्नो दैनिकीको हिस्सा बनाएर विशेष फाइदा लिन सकिन्छ । १५ मिनेटभन्दा कम समयका केही आसनहरू विशेष गरी रक्तसञ्चार सुधार गर्न र तपाईँको सम्पूर्ण शरीरलाई तन्काउने मुडलाई सुधार्न मद्दत गर्न सक्छन्। यहाँ केही योगासनको बारेमा जानकारी दिइएको छ ।
कपालभाती प्राणायाम
कपालभाती प्राणायामले स्नायुलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यमा सुधार गर्नको लागि सहयोग गर्छ । कपालभाती प्राणायाम गर्ने बानी बसाल्दा स्नायुलाई सक्रिय बनाउन, मानसिक शक्तिमा नियन्त्रण राख्न, कपालको वृद्धि र धेरै प्रकारका शारीरिक समस्याहरूको जोखिम कम गर्न सकिन्छ। तपाईँलाई ऊर्जावान् राख्नको लागि चाहिने एक व्यायाम कपालभाती हो ।
अधोमुखासन योग
यो अभ्यासले तपाईँका लागि मानसिक र शारीरिक ऊर्जा बढाएर, सतर्कता र उत्साह बढाउनुका साथै नकारात्मक भावनाहरू कम गर्न सहयोग गर्छ । अधोमुख शवासन गर्दा तपाईँलाई अगाडि झुक्नु हुन्छ जसले गर्दा मस्तिष्कमा रक्तसञ्चार बढाउँछ र थकान कम गर्छ। यस योगको अभ्यासले शरीरलाई राम्रोसँग स्ट्रेचिङ गर्नुका साथै ढाड दुख्ने समस्यालाई कम गर्ने काम गर्छ ।
सेतुबन्धासन
सेतुबन्धासनको अभ्यासले थकान घटाउँछ । घाँटी, कम्मर र ढाडको मांसपेशीसँगै तिघ्राको पछाडिको मांसपेशीहरू तानिन्छन्। तसर्थ, यी मांसपेशीहरू बलियो बनाउन र तनाव कम गर्न र थकान कम गर्न यो अभ्यास लाभदायक छ । यस योगबाट मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ र शरीरको सक्रियता पनि बढ्छ ।