आफैले बोकेको मोबाइल तपाईँका लागि खतरा पनि हुन सक्छ, गर्नुहोस् यस्ता सेटिङ
काठमाडौँ – आजको समयमा फोन हाम्रो आवश्यकता होइन, लत बनेको छ । हामी सुत्दा, खादाँ र पिउदाँ अनि हिँड्दासमेत पनि फोन प्रयोग गर्छौं। तर, के तपाईलाई थाहा छ तपाईको फोन तपाईको लागि कति खतरनाक हुन सक्छ ? जुन फोनमा तपाईले आफ्ना सबै गोप्य कुरालाई सुरक्षित ठानेर राख्नुहुन्छ, त्यो फोन तपाईको लागि निकै खतरनाक हुन सक्छ र यदि तपाईले त्यसमा ध्यान दिनुभएन भने तपाईको गोप्य कुरा अरु कसैको हातमा पुग्नसक्छ ।
सबैभन्दा सुरक्षित स्मार्टफोनहरूले पनि ब्लुटुथ, वाइफाइ र जिपिएसलगायतका विभिन्न तरिकाहरूमा तपाईंलाई ट्र्याक गर्दछ। यस्तो अवस्थामा हामी होसियार हुनुपर्दछ । हाम्रो फोनमा कुनै पहुँच दिनु अघि राम्ररी जाँच गर्नुहोस् ताकि कसैले गलत तरिकाले तपाईंको डाटा प्रयोग नगरोस् । फोनबाट आफूलाई सुरक्षित राख्न केही सेटिङ गर्नुहोस् ।
लोकशन सेटिङहरू बन्द गर्नुहोस्
तपाईं लोकेसन आधारित सुविधा बन्द गरेर जिपिएस ट्र्याकिङबाट बच्न सक्नुहुन्छ । गुगल, एप्पल र सामसुङ जस्ता सबै कम्पनीहरूले जीपीएसमार्फत तपाईंको क्रियाकलाप ट्र्याक गर्छन्, त्यसैले तिनीहरूलाई रोक्न लोकेशनको सेटिङ धेरै महत्त्वपूर्ण छ ।
एनरोइडमा सहजै लोकेसन आफ गर्न मिल्छ । आइफोन र आइप्याडमा कतिले कसरी लोकेसन आफ गर्ने भन्ने थाहा पाएका हुँदैनन् । आइफोन वा आइप्याडमा लोकेशन सेटिङ बन्द गर्नका लागि पहिले सेटिङहरूमा जानुहोस्, त्यसपछि गोपनीयता भन्ने ट्याबमा क्लिक गर्नुहोस्। यहाँ लोकेसन सेवाहरूमा ट्याप गर्नुहोस् र यसको टगल बन्द गर्नुहोस्। अर्कोतर्फ, एन्ड्रोइड फोनमा यसलाई अफ गर्न पहिले एप ड्रअर खोल्नुहोस् र त्यसपछि सेटिङमा गएर लोकेशन चयन गर्नुहोस्। यसो गरेपछि, गुगल लोकेशन सेटिङहरूमा जानुहोस् र त्यसपछि लोकेशन रिपोर्टिङ र लोकेशन हिस्ट्री बन्द गर्नुहोस्। यसका साथसाथै पुरानो ट्र्याकिङ डाटा हटाउन डिलिट लोकेशन हिस्ट्रीमा क्लिक गर्न सक्नुहुन्छ। यो गरेपछि, तपाइँका केहि एपहरू चलाउन समस्या हुन सक्छ किनभने गुगल नक्सा जस्ता एपहरू चलाउनको लागि स्थानमा पहुँच दिन आवश्यक छ ।
एप अनुमतिहरूमा ध्यान दिनुहोस्
तपाईंले आफ्नो फोनमा जुनसुकै एप डाउनलोड गर्नुहुन्छ, यसले तपाईंको क्रियाकलाप ट्र्याक गर्न अनुमति माग्छ, त्यसैले यदि तपाईं एपले तपाईंलाई ट्र्याक गर्न चाहनुहुन्न भने, तपाईंले यसको अनुमति बन्द गर्न सक्नुहुन्छ। यदि तपाइँ आईफोन प्रयोग गर्दै हुनुहुन्छ भने तपाइँ सेटिंङमा गएर बच्न सक्नु हुन्छ । सेक्यूरिटीकामा गएर “एप प्राइभेसी रिपोर्ट“ हेर्न सक्नुहुन्छ। यसका लागि तपाईंले ‘एप प्राइभेसी रिपोर्ट’ अन गर्नुपर्छ, त्यसपछि कुन एपले तपाईको जानकारी लिइरहेको छ भन्ने थाहा पाउनुहुनेछ।
यस बाहेक एन्ड्रोइडको सेटिङ्मा गएर एप्सका सबै अनुमतिहरू बन्द गर्न सक्नुहुन्छ। यसका साथै आवश्यकता अनुसार विभिन्न एपलाई अनुमति दिन पनि सकिन्छ ।