Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसोमा बढी हुने युरिक एसिडका लक्षण र बच्ने उपाए

मंगलबार, पुस १९, २०७९

काठमाडौँ – युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । प्रायः राति सुतेको बेला जोर्नीहरू अत्यधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठुला जोर्नीहरूमा पनि सर्न थाल्छ। 

 

कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्त्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोशिका टुट्ने नयाँ बन्न प्रक्रिया चलिरहँदा त्यसमा पाइने पनि प्युरिन  टुट्न थाल्छ । 


युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ।  युरिक एसिड भएको थाहा नपाएकाहरूलाई रातो मासुको अधिक प्रयोग र मद्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। 

 

युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ। महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई कम गराउँछ। युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दूधजन्य पदार्थ भने ढुक्कले खाँदा हुन्छ। 


लक्षण


– खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरू सुन्निनु।

– जोर्नी राति बढी दुख्नु।

– दुखाइ सहनै नसक्ने हुनु।

– लामो समय युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरूमा पनि दुख्नु।

– ज्वरो आउनु, आदि।

 

असर

युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरूमा ’डिफर्मेसन’ (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरूप बिग्रनु) ल्याइदिन्छ। युरिक एसिडले बिस्तारै मुटुमा पनि असर पु¥याउँछ। यस्तै, शरीरका विभिन्न अङ्गमा जटिल समस्या ल्याइदिन सक्छ।

बच्ने उपाय

 नियमित व्यायाम गर्ने।

पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।

धुम्रपान र मध्यपानबाट टाढै बस्ने।

युरिन तत्त्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।

गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।

शरीरको वजन घटाउने।

नियमित औषधिको प्रयोग गर्ने।

समय–समयमा चिकित्सकको परामर्श लिने

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्