Nic Ad Nic Ad
Nic Ad Nic Ad

आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल आज

मंगलबार, पुस १९, २०७९

काठमाडौँ –पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेल मङ्गलबार हुँदैछ । अन्तिम क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीले प्रतिस्पर्धा गर्दैछ ।


विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुँदैछ ।


प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन् ।


सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्