Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशबाट ल्याइएका मोबाइलमा कडाइ गरेकोप्रति प्रधानमन्त्रीको आपत्ति

मंगलबार, पुस १९, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साता विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाइ नगर्न निर्देशन दिएका थिए । आफ्नो निर्देशन पालन नभएपछि उनले अर्थ मन्त्रालयसँग आपत्ति जनाएका छन् ।

 

प्रधानमन्त्रीले मंगलबार बिहान टेलिफोनमार्फत उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय कार्यान्वयन नभएकोप्रति चासो राखेका थिए ।


सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याइएको आइफोनमा एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर लिएपछि आफ्नो सामान त्यहीँ छाडेर गएको सूचना प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको थियो ।

 

त्यही सूचनाका आधारमा प्रधानमन्त्रीले अर्थमन्त्री पौडेललाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका हुन् ।


अर्थमन्त्रालय स्रोतका अनुसार मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर आफ्नाे निर्देशन आजकै मितिदेखि कार्यान्वयन गराउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।


अर्थ मन्त्रालयले भने विमानस्थल घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्