नेपाल टी–२० मा काठमाडौंसँग विराटनगर पराजित
काठमाडौँ –विवादका कारण ९ ओभरमा छोट्याइएको नेपाल टी–२० लिगमा मंगलबार काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गरेको छ ।
त्यसअघि पारिश्रमिक नपाएको भन्दै खेलाडीले टप गर्न मानेका थिएनन् । दुवै टिमसँग क्यानका पदाधिकारीले छलफल गरेर बेलुकासम्म चेक प्रदान गर्ने आश्वासन दिएपछि खेलाडीहरू खेलका लागि तयार भएका थिए । खेल ढिलो गरी सुरु भएपछि ९ ओभरमा छोट्याइएको थियो । ९ ओभरको खेलमा काठमाडौंले ९२ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङ उत्रिएको विराटनगरले ९ ओभरमा ५८ रन मात्रै बनाउन सक्यो ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्