नयाँ सिजनका लागि मनाङ मर्स्याङ्दीको टिम घोषणा
काठमाडौँ– मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ । मनाङले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रवीण श्रेष्ठलाई अनुबन्ध गरेको छ ।
मनाङले नयाँ सिजनका लागि दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारू, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशन राना मगरलाई अनुबन्ध गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौँ । उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आसन्न ‘ए’ डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेस गर्ने अपेक्षा राखेका छौँ ।’
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १३:४३
प्रतिक्रिया दिनुहोस्