जाडो बढेपछि ६ दिन विद्यालय बन्द
बुटवल–अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरू ६ दिनका लागि बन्द गरेको छ ।
बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी मङ्गलबारदेखि आइतबार २४ पुससम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।
गाउँपालिकाले सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले बर्खे बिदामा मिलाउने गरि ६ दिन विद्यालयहरू बन्द रहने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १५:११
प्रतिक्रिया दिनुहोस्