Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताको मत पाएँ भनेर फुर्किनुपर्ने अवस्था छैन (अन्तर्वार्ता)

मंगलबार, पुस १९, २०७९


डा. चन्दा कार्की, सांसद रास्वपा


प्रतिनिधिसभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो । चौथो ठूलो दल मात्रै होइन, सत्तासमीकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो । नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रूपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि । नयाँ सरकार बने सँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी छ । पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । यसले जनतामा गरेका वाचा पूरा गर्न र देशलाई समृद्धिको दिशामा लैजान थप टेवा पुगेको पार्टीका सांसदहरू बताउँछन् । पार्टीलाई नयाँ अनुभवका साथै जिम्मेवारीको ठूलो अवसर आएको पार्टीकी सांसद डा.चन्दा कार्की बताउँ छिन् । नयाँ पार्टी, नयाँ पात्र र नयाँ परिवेशमा जनताका पक्षमा काम गरेर देखाउने हुटहुटी पार्टीका सांसदहरूलाई रहेको उनको भनाइछ ।

 


सांसद कार्कीले आफूले स्वास्थ्य क्षेत्रमा लामो समय रहेर काम गरिसकेकाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए सम्हाल्न तयार रहेको बताइन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि देशभर एम्बुलेन्स नीति ल्याउनुपर्ने, स्वास्थ्य श्रमिक ऐन बनाएर स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गरिनु पर्ने धारणा राख्छिन् । 

 


प्रतिनिधिसभा सदस्यको रूपमा अनुभव कस्तो भइरहेको छ ?

 


विधायकीको अनुभव मेरो लागि एकातिर नयाँ हो भने अर्कोतिर ठूलो जिम्मेवारीको बोध भइरहेको छ । किनभने हिजो अरुलाई भनेर पुग्थ्यो भने आज आफूले गर्नुपर्नेछ । मुख्यतः जिम्मेवारीको ठूलो बोध भएको छ । यसलाई कसरी उतार्नसक्छु भन्ने लागेको छ । 

 

हिजो सांसदहरूलाई नीति, नियमको लागि घच्घच्याउनु हुन्थ्यो, आज त्यही ठाउँमा आफू पुग्नुभएको छ, आफूले बनाउनुपर्नेछ, फरक भूमिकामा आइपुग्नु भयो होइन ?


हिजो भएका नीति, नियमका मातहतमा काम गरिराखेको हो । घच्घचाउने भूमिकामा त अझ पनि धेरै नभएकै हो । तर के भने काम गरेर चित्त नबुझाई गएर गुनासो पोख्ने यस्तो कुराहरू गरिन्थ्यो । काम चाहीँ त्यही नीति अन्तर्गत गर्नुपथ्र्यो । कति काम हामीले द्रुत गतिमा गर्न सक्दैन थियौँ । 

 


तपाईहरू फिल्डमा काम गरिरहँदा म त्यो ठाउँमा पुगेँ भने कमजोरीहरू यहाँ छ, र यो परिवर्तन गर्नुपर्छ भन्ने त्यस्तो केही मानसिकता थियो ?

 


एकदम छ । त्यतिखेर त हाम्रो पहुँच सरकारमा थिएन । तर आफ्नो संस्थाभित्र आफ्नो सम्बन्धित व्यक्तिलाई बोलाएर हामीले डिब्रिफ गरेको । मसँग अझै छ त्यो सबै डकुमेण्टहरु । कि हामी यहाँ यहाँ चुक्यौँ । हामीले यो यो गर्नुपथ्र्यो भन्ने कुरा र सरकारले यो यो गर्नुपर्छ भन्नेकुरा हामीले आफ्नो लेभलमा जे थियो त्यो त्यतिखेर गरेको हो । सम्बन्धित व्यक्तिहरूलाई ओरेन्टेशन गर्नुप¥यो । बेला बेलामा तालिम गर्नुप¥यो । बेलाबेलामा घच्घच्याउनुप¥यो । त्यो काम त सरकारले नै गर्नुपर्छ नि । एउटा सिस्टमबाट गर्नुपर्छ । 

 


हिजो जुन ठाउँमा बसेर सरकारले यो नीति बनाउनुपर्छ भनिरहनु भएको थियो, आज यहाँको दल सरकारको भूमिकामा पनि रहेको हुनाले कत्तिको सहज होला जस्तो अनुमान गर्नुभएको छ ?

 


राष्ट्रिय स्वतन्त्र पार्टीको लागि यो एउटा अवसर पनि हो । र एउटा चुनौति पनि हो । राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो वाचाहरु नगरेको भए म जस्तो मान्छे सायद जोडिँदैन थिए होला । त्यो अर्को एउटा पाटो हो । किनभने हामीलाई पनि कति कुराहरु चित्त नबुझिरहेको होला । र आफूलाई समय पनि निकाल्न मिल्ने, परिवर्तनको लहर पनि आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो वाचाहरूका साथ उदय पनि भएको अवस्थामा हामीजस्तो मान्छे पनि त्यहाँ जोडिन पुग्यौँ । नत्र हामी राजनीति गर्ने मान्छे पनि होइन । ३८ वर्ष स्वास्थ्य सेवामा बिताइयो । प्रशासनिक काम गरेर बिताइयो । सँगसँगै यसपालिको चुनावमा हाम्रो पार्टीले अहिले घमण्ड गरेर टाउको ठाडो पार्ने अवस्था पनि छैन । किनभने त्यो भोट हाम्रो पर्फमेन्शमा दिएको होइन । कसैले डा. चन्दालाई चिन्दैन थियो ।  कसैले डा. ढकाल, डा. तोसिमालाई चिन्दैनथ्यो । शिशिर खनाललाई चिन्दैन । अर्कै हिसावले चिन्थ्यो हामीलाई । तर उहाँहरुले अरुतिरबाट वितृष्णा भएर भोट दिनुभयो । अथवा आफूलाई मन परेको मान्छेलाई भोट हाल्न नपाएर दिनुभयो । 

 


किनभने संसदमा हामी २० जना छौँ । गठबन्धनको सरकार छ । सत्य कुरा त्यही हो नि । लुकाउनुपर्ने कुरा केही छैन । हाम्रो भागमा कति मन्त्रालय पर्छ, कतिमा हामीले काम गर्नसक्छौँ थाहा छैन । सभामुख को हुनुहुन्छ हामीलाई थाहा छैन । मलाई खुशी एउटा कुरा के लाग्छ भने आज यो चुनौतिले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टीहरु र केही नयाँ पार्टीहरुको उदयले गर्दा पुरानो पार्टीहरुले पनि सोच्नुपर्ने अवस्था आयो नि । 

 

 

तपाईको पार्टी र अरु पार्टीहरूले मन्त्रालयगत विभाजन कसरी गर्नुपर्ला र कस्ता व्यक्ति पठाउनुपर्ला ?

 


मैले एक्लै भन्नुभन्दा पनि जति दलहरू सरकारमा आएका छन् । यो सरकार लामो समय टिकोस् भन्ने पनि हो नि । नत्र भने मध्यावधि चुनाव, सरकार असफल १० वटा कुराहरू हुन्छन् । जुन देशले धान्न सक्दैन । त्यसैले हामीले यो सरकारलाई टिकाएर लानुपर्छ । सकेसम्म ५ वर्ष पूरा टिकाउनुपर्छ भन्ने त सोच राख्नुपर्छ । विभिन्न विचार भएका दलहरू एक ठाउँमा छन् गठबन्धन सरकारमा छन् भने सबैको कुरा सुन्नुपर्छ । कहीँ न कहीँ पार्टीगत हिसाबले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि केन्द्रीय समिति छ, संसदीय दल छ । संसदीय दलले यो कुराको जिम्मेवारी वृहत छलफल गरेर सभापतिलाई जिम्मा लगाएर हामीले पठाएका छौँ ।

 

उहाँ आज उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ जुन हाम्रो लागि गौरवको विषय हो र केही न केही परिवर्तनहरू देखिन थालेका छन् । विज्ञता भएका मान्छेले त्यो जिम्मेवारी लिँदा राम्रो होला भन्ने मलाई लाग्छ । जस्तो कृषिसम्बन्धी मलाई दिएर त काम छैन नि । 

 


हामीलाई सभापति माथि पूरै विश्वास छ । किनभने उहाँकै लिडरशिप, उहाँकै व्यक्तित्वले आज जनताले हामीलाई पत्याएको हो र हामी पनि यो सेवामा आउन सकेका छौँ भने त्यो हिसाबले उहाँहरुको एक अर्कामा सबैले सबैलाई भाग पु¥याउनु प¥यो नि त । भागबण्डा भन्दा नराम्रो लाग्छ तर सबैले मौका पाउनुप¥यो । त्यसमा के हुन्छ मैले पनि कुर्नैपर्छ ।

 

 

तपाईको दलको भागमा स्वास्थ्य मन्त्रालय प¥यो भने बाहिरि नजरले हेर्दा स्वास्थ्य मन्त्रालयमा यहाँ पनि एउटा प्रवल दाबेदार देखिनुुहुन्छ, अब स्वास्थ्य मन्त्रालयमा परिवर्तन गर्नुपर्छ भन्ने त्यस्तो केही कार्ययोजना बनाउनुभएको छ ?

 


मैले कति कुराहरू सोचेको छु । किनभने मैले हेल्थ केयर सर्भिसमा ३८ वर्ष सेवा गरेको छु । त्यसमा २१ वर्ष त मैले प्रशासनमा बसेर प्रशासनिक काम पनि गरेको छु । त्यसकारणले स्वास्थ्यको जिम्मेवारी पाए भने मैले नाइ भन्ने कुरा पनि आउँदैन । पदको लोभले मैले गर्ने होइन तर मलाई जिम्मेवारी दिएको खण्डमा मैले गर्छु । त्यस्ता योजना, कार्यक्रमहरु धेरै छन् । टोटलमा संसदमा हे¥यो भने ६ जनाजति मेडिकल डाक्टरहरु हुनुहुन्छ । स्वास्थ्य मन्त्रालय पहिले पनि चिकित्सकहरूले चलाएको हो । अरुले चलाउन सक्दैन भन्ने पनि होइन । तर चिकित्सकले बुझेको हुन्छ । लामो समयको अनुभव हुन्छ । उसले सबै दुःख, पीडा बुझेको हुन्छ । संविधानले स्वास्थ्यलाई मौलिक अधिकार भनेको छ । तर हामीले कहाँ दिन सकेका छौँ त ? 

 

शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व भनिन्छ, त्यो कत्तिको सम्भव असम्भव के देख्नुहुन्छ ?

 


स्वास्थ्यको कुरा मैले गरी नै हाले । यसमा बीमाले कभर गर्नुपर्छ । नत्र पैसा त कहीँ न कहीँबाट आउँछ । बीमा नै बेस्ट उपाय हो । अझै पनि देशमा डब्ल्युएचओको स्ट्याण्डर्ड अनुसार चिकित्सकहरू कम छन् । त्यसैले गुणस्तरीय शिक्षा त दिनैपर्छ । कति पैसामा विदेशीलाई ल्याएर घटाउन सकिन्छ कि, अथवा मेडिकल कलेजहरूलाई सरकारले अरु केही सुविधा दिएर त्यो कस्ट घटाउन सकिन्छ कि ।

 

पढ्ने मान्छेको कस्ट त घट्नुप¥यो । त्यसलाई कसरी घटाउन सकिन्छ भन्ने कुरामा सरकार र नीजि क्षेत्रका मान्छे बसेर पब्लिक प्राइभेट पार्टनरसिपको कुरालाई इमान्दारीपूर्वक मान्नुप¥यो । मेडिकल कलेजको नियमन र अनुगमन पनि इमान्दारीतापूर्वक भयो भने मेडिकल कलेजहरुले केही नराम्रो गर्न सक्दैन । 

 


अहिलेकै नीति रहि रह्यो भने स्वास्थ्यकर्मी विदेशबाट मगाउनुपर्ने अवस्था आउनसक्छ भनिन्छ, के हामी त्यो अवस्थामा पुग्दैछौँ ?

 


एकदम सही भन्नुभयो । खासगरी नर्सिङको, गुणस्तरको नाममा एकैचोटी ३२/३५ वटा कलेजहरु बन्द भए । तर यस्ता कुराहरू बिस्तारै गर्नुपर्छ । नर्सिङ पढ्नै पाएनन् भने फेरि कहाँबाट आउँछन् ? एकातिर पढ्न नपाउने, अर्कोतिर भएका नर्सहरू पनि यहाँ सेवा, सुविधा कम भएर विदेश पलायन हुने । त्यो दुईवटामा आकाश जमिनको फरक छ । चिकित्सकहरूको प्रोडक्शन केही हदसम्म भइराखेको हुनाले बिक्ने चिकित्सकहरू विदेश जाने भए । प्रयास गरेर नपाउनेहरू मात्रै यहाँ बस्ने भए । अथवा प्रयास गर्दै गरेका हुने भए । उनीहरूलाई रोक्ने आधार भएन । उनीहरूको मनोबल बढाउन सकिएन ।

 

स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुप¥यो । स्वास्थ्य मन्त्रालयले मात्रै गरेर पनि हुँदैन । अर्थ मन्त्रालय जोडिनुप¥यो । मन्त्रालयहरूका बीचमा समन्वय गर्नुप¥यो । हामीले जनताको विश्वासलाई मर्न दिँदैनौ । आफ्नो प्रयासमा कुनै कमी राख्दैनौँ । र केही न केही राम्रो काम गरेर निस्कन्छौँ भन्ने लाग्छ ।
 

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्