प्रभु बैंकले रातो हाब्रेलाई एकवर्ष आहारा उपलब्ध गराउने
काठमाडौँ– प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षणकोष बीच रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
मंगलबार आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहबीच सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि एक वर्षसम्म आहारा उपलब्ध गराउन लागेको हो ।
बैंकले विज्ञप्तीमार्फत चिडियाखानाद्वारा सञ्चालित ‘एडप्ट एन एनिमल’ अभियान अन्तर्गत गरिएको सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ २१:०६
प्रतिक्रिया दिनुहोस्