मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश
मेक्सिको सिटी– मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।
मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै सो परिणाम निकालेकी हुन् ।
विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं।’
हर्नान्डेजलाई सन् २०१५ को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ २२:००
प्रतिक्रिया दिनुहोस्